निजगढ,नेकपा एमाले पोलिटब्युरो सदस्य एंवम युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले समाज विकासको लागि संकृणता त्याग्नुपर्ने बताउनुभएको छ ।विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा निजगढस्थित समुदायमा आधारित प्रसुति गृह सामुदायिक अस्पतालले शनिवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

पूर्वमन्त्री पौडेलले समाजका अगुवा भनिने केही मानिसहरु संकृण सोचाइबाट ग्रसित रहेको र त्यसलाई नत्यागेसम्म देश र समाजको विकास हुननसक्ने बताउनुभएको हो । केही मानिसहरुले आग्रह पूर्वाग्रहका साथ सरकारलाई अमुक पार्टीको सरकार भन्ने गरेको भएपनि सरकार कुनै एउटा पार्टी विशेषको मात्रै नहुने बताउनुभयो । निर्वाचनमा कुनै पार्टीको तर्फबाट चुनाव जिते पनि विजयी भएर सत्तामा पुगेपछि सरकार सबैको साझा हुने उहाँको भनाई थियो ।

‘जुनसुकै पार्टीको नेताको नेतृत्वमा सरकार बने पनि सरकार सबै जनताको साझा हुन्छ, उहाँले भन्नुभयो, यदि कसैले कुनै अमुक पार्टीको सरकार भन्छ भने त्यो संकृणता मात्रै हो ।’ सरकारमा बस्ने मान्छेले सबै दल, समुदाय र राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको भनाई थियो । संकृण भएर काम गरेको खण्डमा देश र समाजको विकास हुननसक्ने पूर्वमन्त्री पौडेलको भनाई थियो ।
सामुदायिक अस्पताल स्थापनाका शुरुवाति दिनमा आफूले सहयोग गरेको सुनाउदै नेता पौडेलले अस्पताललाई आवश्यक सहयोग गर्न सधै तयार रहेको पनि बताउनुभएको थियो ।सामुदायिक अस्पताल संचालक समितिका अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाका पूर्वप्रमुख सुरेश खनाल, गौरीशंकर क्याम्पस निजगढ संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन कोइराला, नेपाली कांग्रेस निजगढ नगर सभापती नवराज पौडेल, नेकपा एमालेका नगर सहसचिव थानेश्वर सापकोटा, माओवादी नगर अध्यक्ष सन्तोष दङ्गाल, निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिशन सापकोटा, वडा नम्बर ६ का अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले, हिमचुली सहकारी संस्था निजगढकी अध्यक्ष दुर्गा कोइराला, समाजेवी पेमासिद्धी लामालगायतले बोल्नुभएको थियो ।

Leave a Reply