वीरगन्ज,
जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपि नागरिकता सेवाको समय परिवर्तन गरेको छ । यसअघि कार्यालय समयमै सबै सेवा प्रवाह हुँदा सेवाग्राहीको भिडभाड बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले समय परिवर्तन गरेको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बिहिवार एक सूचना जारी गर्दै यही भदौ १० गतेदेखि १६ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकता सम्बन्धी सेवा प्रवाह हुने जानकारी गराउनुभएको छ ।

प्रतितलिपि नागरिकताका सेवाग्राहीको संख्या बढेर समयमै प्रतिलिपि नागरिकता प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएपछि बिहानीको समय मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

उहाँकाअनुसार सार्वजनिक विदाको दिनबाहेक भोलीदेखि १६ गतेसम्मका लागि बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकता सम्बन्धी सेवा प्रवाह हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here