प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बस्न लागेको प्रतिपक्षी दलहरूको बैठकका लागि चारवटा प्रमुख एजेन्डा तय गरिएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा न्यायाधीशमाथि महाभियोग लगाउने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को निर्णय र त्यसपछिको प्रक्रियाबारे छलफल हुनेछ।

बैठकका अन्य एजेन्डामा संसद् बैठक बोलाउन तथा संसदीय छानबिन समिति गठन गर्न माग गर्ने, प्रहरी महानिरीक्षक ९आईजीपी० का विषयमा उठेका आशङ्का र प्रश्नबारे साझा धारणा बनाउने तथा प्रेस स्वतन्त्रता, न्यायालय र संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता कायम राख्ने विषय समेटिएका छन्।

बैठक दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भए पनि केही ढिलाइ भएको छ। बैठकमा सहभागी हुन विभिन्न प्रतिपक्षी दलका नेताहरू कार्यालय पुगिसकेका छन्।

बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा सहभागी भएकी छन्।

कांग्रेसले श्रम संस्कृति पार्टीसहित संसद् बाहिर रहेका दलहरूलाई समेत बैठकमा सहभागी हुन निमन्त्रणा गरेको जनाएको छ।

Leave a Reply