जनकपुरधाम – प्रदेश सरकारद्वारा संचालित बेटी पढाउ बेटी बचाउ अन्तर्गतको छोरी शिक्षा विमा शिविर मार्फत हाल सम्म ५ हजार भन्दा बढी छोरी विमित भएकी छिन । २०७५ माघ १ गते यता जन्मीएको छोरीलाई प्रदेश सरकारले शिक्षा विमा गरि दिने घोषणा गरे अनुरुप मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बाटै अभियान संचालन गरिएपनि प्रभावकारी हुन नसके पछि गत एक वर्षमा जन्मीएका सबै छोरीको विमा गर्ने उद्देश्यका साथ संचालित शिविर मार्फत माघ १० गते सम्म पाँच हजार ४० छोरीले विमा गराएका हुन ।

 

 

 

शिविरमार्फत सप्तरीमा ८८८, सिरहामा ६६३, धनुषामा ३४६, महोत्तरी ६४५, सर्लाही ७६८, रौतहट ४६२, बारा ८०५ र पर्सामा ४६३ छोरीले बिमा गराएको छ । विमाका लागि आवश्य जन्म दर्ता, स्थानीय तहको सिफारिस, आमा वा वुवा मध्ये १ जनाको नागरिकता र बच्चा तथा अभिभावकको ६ / ६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविर मार्फैत सबै प्रक्रिया पुरा गर्ने गरि व्यवस्था गरेको छ । शिविरमा प्रभु र्बैकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटो ग्राफर एवं मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।

 

 

 

माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको विरगंजका साथै आठ वटै जिल्लामा एक साथ शुरु गरिएको शिविर फागुन पहिलो साता सम्म प्रत्येक स्थानीय तहमा संचालन हुने छ । शिविर महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ र गाँउपालिकामा एक दिन संचालन गरिने व्यवस्था रहेको छ । यसका साथै शिविरमा विमा गराउने बालिकाको परिवारले ३ महिनाको लागि सुविसुको फ्रि इन्टरनेट सेवा समेत पाइ रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here