दुष्यन्त चौधरी

कलैया, १९ साउन /  बाराको सबैभन्दा सानो स्थानीय तह पचरौता नगरपालिका नगर प्रमुख जालन्धर सिहको कारण अहिले विद्युत संकट र जनआक्रोशको आगोमा झोसिएको छ। वडा नं. ४, बेल्दारीमा दुई महिनासम्म विद्युत नहुँदा स्थानीय नागरिक चरम असहजतामा परेका छन्। यही जनउपेक्षा र सत्ता दुरुपयोगप्रति आक्रोशित बनेका स्थानीयले नगरप्रमुख जलांधर सिंह जैसवाल र प्रवक्ता लक्ष्मी यादवमाथि हातपात गरेका छन्।

 

बेल्दारीमा रहेको ५० केभी क्षमताको ट्रान्सफरमर दुई महिनाअघि जलेर बिग्रिएपछि सो क्षेत्र पूर्ण अन्धकारमा छ।लाईन नहुदा कृषि कर्म , दैनिक जीवन देखी पानीको पनि समस्थाले पनि पिडामा रहेका जानताहरु आक्रोशित भएका छन । पटक–पटक बिग्रिने ट्रान्सफरमरले हैरान भएका स्थानीयले सिम्रौनगढस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रसँग १०० केभी क्षमताको ट्रान्सफरमर माग गरेका थिए। प्राधिकरणका वितरण प्रमुख तैयब अंसारीका अनुसार स्थानीयको मागअनुसार करिब २ महिना पछि १०० केभीको ट्रान्सफरमर मर्मत गरेर जडान टोली पठाइएको थियो।

तर उक्त ट्रान्सफरमर बेल्दारीमा जडान नभई पुन ५० केबिएको ट्रान्सफरमर जडान हुदा नागरिक आक्रोशित भएका थिए । स्थानि जनताले मेयरको हस्तक्षेप बिरुद्ध ब्यापक बिरोध गरेका छन । अंसारीका अनुसार, मेयर जैसवालले १०० केभीको ट्रान्सफरमर आफ्नो निवास बेनौलीमा पठाएका कारण बेल्दारीले अझै अन्धकारको पीडा भोग्नु परेको हो।

स्थानीयले लामो समयदेखि धैर्य गुमाउँदै आएका थिए । जब नगरपालिकाले ५० केभीको पुरानो जगेडा ट्रान्सफरमर मात्रै जडान गराउन खोजियो, त्यहीबेला आक्रोश विस्फोट भयो। जनप्रतिनिधिहरूको स्वेच्छाचारी शैली र जनतालाई हेप्ने रवैयाले स्थितिलाई विस्फोटक बनायो।

स्थानीय युवा सुरेश यादव भन्छन्, “जनताको पीडा बुझ्नुको साटो मेयरले आफ्नो राजनीतिक स्वार्थमा विद्युतको व्यवस्थापन गरे। दुई महिना अन्धकारमा राखेर अन्तिम समयमा ५० केभीको ट्रान्सफरमर जडान गर्नु, त्यो पनि १०० केभीको जडान हुन लाग्दा, सरासर जनअपमान हो।”

घटनापछि नेपाल विधुत प्राधिकरण वितरण केन्द्र सिम्रौनगढ अगाडि  ‘मेयर मुर्दावाद’, ‘किसानमाथि अत्याचार बन्द गर’, ‘बिजुली छैन, न्याय छैन’ जस्ता नाराले माहोल तनावग्रस्त बन्यो। आक्रोशित स्थानीयहरूले मेयर जलांधर सिंह जैसवाल र प्रवक्ता लक्ष्मी यादवलाई शारीरिक रूपमा लक्षित गरे।

विवादबारे प्रतिक्रिया दिँदै मेयर सिंहले भने, “नगरपालिकाले जनताको पक्षमा काम गरिरहेको छ, तर विरोधीहरूलाई त्यो पचिरहेको छैन।” उनले ट्रान्सफरमर व्यवस्थापनको जिम्मेवारी विद्युत प्राधिकरणको भएको र जनताको समस्यामा चासो देखाएर नगरपालिकाले मात्र आफ्नो ट्रान्सफरमर पठाएको दाबी गरे।

तर यथार्थमा, स्थानीयको स्पष्ट आरोप छ – मेयर सिंहले जनताको दुःखमा आँखा चिम्लिएर, आफ्नो स्वार्थका लागि सस्तो राजनीति गरे ।

भिडियो हेर्नको लागि लिंकमा क्लिक गर्नुहोस् । https://youtu.be/GwaGYxvjaLc?si=Hk3tOsz6rbvzffmf

Leave a Reply