कलैया,लायन्स क्लब अफ कलैया बाराले कोभिड संक्रमितहरुको लागि निशुल्क वितरणको लागि स्थापना गरेको अक्सिजन बैकको लागि कलैया सिटी जेसिसले तीस हजार सहयोग गरेको छ । लायन्स क्लब अफ कलैयाका अध्यक्ष दिलिप चौधरीलाई तिस हजार रकमको चेक हस्तान्तरण गरिएको जेसिसका कानुनी सल्लाहकार सावित्री शर्माले जानकारी दिनुभयो । चेक हस्तान्तरण कार्यक्रममा कलैया सिटी जेसिजका संस्थापक अध्यक्ष रामनिवास कुशवाहा, महासचिव पवन कुशवाहा, कोषाध्यक्ष सुभाष साह, समाजसेवी धनिलाल साह सरार्फलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here