पुष्पराज खतिवडा
बारा
१२ जेष्ठ २०७८
मुस्लीम फण्डको नामबाट जिल्लाका विभिन्न स्थानहरुमा गाडिएका हजारौं धाराको पानि खानयोग्य नभएको पाईएको छ । १५ देखी बढीमा २५ फिट सम्म मात्रै गाडिएकाले यी धाराको पानि खान लायक नभएको हो । ५० फिट भन्दा कम गाडिएका धाराको पानि सेवन यूक्त नहुने खानेपानि विज्ञ बताउँछन् ।
मुस्लीम फण्डका नाममा तराईका गाउँघरमा सोझासिधा परिवारसँग २ हजार देखी ४ हजार सम्म पैसा असुलेर आखिर धारा गाड्ने काम कस्ले र किन गरिरहेको छ । सोको जानकारी भने कुनै तहका सरकारसँग छैन । कलैया उपमहानगरपालिका २४ श्रीपुरका धेरैजसो घरका अगाडी र तरकारीबारीका गरैपिच्छे पानिका धारा गाडिएका छन् । धारामा अरवी अक्षरले केही लेखिएको छ ।
खानेपानि सहजताका लागि भन्दै निःशुल्क भनिएपनि २ हजार ५ रुपैंया तिरेर गाडेको धाराको पानी खानयोग्य नभएको स्थानिय रामजित रामले बताए । कलैया उमहानगरपालिकाको वडा नंं. २४ को श्रीपुर स्थीत दलित बस्तीमा पाँचवटा घरहरु भएको टोलमा १२ वटा सम्म धारा गाडीएका छन् । कम गाडिएका कारण केही धाराबाट पानि आउनै छाडेको छ । पानि आउने कतिपयमा धाराको पानि स्थानियले सेवन गर्दै आएका छन् । तर पानि भने राम्रो नभएको रामजितले बताए ।


धारामा राम्रो र सजिलै पानि नआउने गरेकोे अर्की स्थानिय सुगान्धी देवीले सुनाईन । धारा गाड्ने मिस्त्रीहरुको समुहले एकदिनमा सातवटा सम्म धारा गाडेर गए । जतीधेरै धारा गाड्यो । उती धेरै कमाई हुने भएकाले उनीहरुले १५ देखी मुस्कीलले ३० फिट सम्म धारा गाडे । पानि त आयो तर राम्रो छैन उनले भनिन् । अलीवढी गाडीदिनु भन्दा मानेन् । हामीलाई यतीनै गाड्न भनिएको छ भन्दै मिस्त्रीहरु पन्छिए । तेसैकारण अहिल गाउँका धेरै धारा प्रयोग विहिन छन् । धारा गाड्दा नगद ४ हजार खर्च भएको उनले सुनाईन् ।
कलैया उपमहानगरपालिका वडा नंं.२४ कै सखुई, मनहर्वा, वडा नं.१६ को उत्तरझिट्कैंया, मझौलिया, विद्यानगर लगायतका स्थानमा मुस्लीम फण्डका धारा गाडिएको श्रीपुरकै रामप्रसाद रामले बताए । धाराका लागि नाम टिप्न अर्कै ठाउँका मान्छे आएकाले उनीहरुलाई आफुहरुले नचिन्दैनौं उनले भने ।
यता मुस्लीम फण्डबाट भन्दै भटाभट धारा गाडीए पनि स्थानिय सरकारसँग कुनै किसिमको समन्वय नै नभएको कलैया उपमहानगरपालिका २४ का अध्यक्ष हरिलाल चौधरीले बताए । धारा गाडीनु राम्रो भएपनि ती धाराको पानि खानयोग्य नहुनु चैं नराम्रो भएको उनको भनाई छ । जीतपुर सिमरा उपमहानगरपालिका १८ पराँसटोलाका खैरा भन्ने मुस्लीम अगुवाले धारा गाड्ने कामको संयोजन गरिरहेको उनले बताए ।
खाने पानिका क्षेत्रमा लामो समय काम गरेका नेपाल रेडक्रस समाज बाराका प्रमुख उदय नेपाल ५० फिट भन्दा कम गहिराईमा गाडिएका धाराको पानी खानै नहुने बताउछन् । उनका अनुसार यस्तो पानी सेवन गर्दा मानिसमा विरामी हुने संभावना अधिक हुन्छ । कम गहिराईको पानिमा झाडापखाला लगाउने ब्याक्टेरीयाका साथै शरिरमा विभिन्न रोग निम्त्याउने आर्सेनिक लगायतका हानिकारक रसायनको मात्र अधिक पाईने गर्दछ । त्यस कारण ५० मिटर भन्दा जती सकिन्छ तलको पानि प्रयोग गर्न हामीले सल्लाह दिँदै आएका छौं, नेपालले भने । तर खानै पर्ने बाध्यता भए उमालेर, फिल्टरको माध्यमबाट पानि सुध्दीकरण गरेर मात्रै खान उनले सल्लाह दिए ।
जिल्लाको कलैया उपमहानगरपालिका, जितपुरसिमरा उमहानगरपालिका, महागढिमाई नगरपालिका, फेटा, सुवर्ण ,प्रसौनी गाउँपालिका लगायत अधिकासं पालिकाहरुमा मुस्लीम फण्डका नाममा धाराहरु गडिएका छन् । जिल्लामा विगत ३ ,४ बर्ष अघिबाट यो श्रृङखला अहिले सम्म जारी छ । यसका विषयमा कसैले चासो नदेखाएको रेडक्रस प्रमुख नेपालले बताए । जिल्लामा ५ हजारबढी यस्ता धारा गाडीएको अनुमान गरेका छौं उनले भने ।
बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मुस्लीम फण्डका नाममा कमसल खानेपानि धारा गाडिएको विषय जानकारीमा आएको बताए । सरकारका नियमनकारी निकायहरुसँग कुनै किसिमको समन्वय नगरिकन कस्ले कसरी काम गरिरहेको हो सोको अनुसन्धान गरिने उनले बताए ।


फोटोमा ः मुस्लीम फण्डबाट कलैया उपमहानगरपालिका २४ को श्रीपुर तथा मनहर्वामा गाडिएका धारा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here