आज मानिस यति स्वार्थी भएको छ कि केही मानवीय काम गर्न परेको अवस्थामा पनि आफूलाई त्यस बापत के आउछ भनेर हिसाव गर्छ । प्रत्येक क्षणमा मानिसले आफ्नो स्वार्थपूर्ति गर्न खोजिरहेको छ । वास्तवमा धन, सम्पत्ति हिनामिना गर्नु मात्रै भ्रष्टचार होइन निहित स्वार्थमा मानिस रमाउनु पनि त एक किसिमको भ्रष्टचार नै हो । यस अर्थमा पनि समाज आज भ्रष्टचारको दललमा फसिरहेको छ भन्न खोजिएको हो ।नीति निर्माणमा पुगेका जसलाई हेरे पनि भ्रष्ट नै देखिन्छन । कोही के काण्डमा त कोही के काण्डमा परेको खबरहरु लगभग दिनदिनैजसो संचारमाध्यामहरुमा आइरहेका छन् । साँच्चै भन्ने हो भने अहिलेको सरकारको नेतृत्व गरिरहेको दल माओवादीतिर पनि कयौं प्रश्नहरु गर्ने ठाउँ छ । प्रतिपक्षको त कुरै नगरौं, काँग्रेसको त झन् कुरा गरी साध्य नै छैन । नयाँ आएका भनिएका दलहरुको पनि पारा ठीक छैन अनि जताततै भष्टचार मात्रै देखिन्छ ।स्थानीय तहमा हेरियो भने झनै बढी मौलाएको छ भ्रष्टाचार । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत, कार्यालयका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरुसहित दश जना विरुद्ध हाले अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । एउतै पािलका दश÷दशजना बिरुद्ध भ्रष्टचारको मुद्दा पर्नु भनेको त्यहाँ भ्रष्टचार संस्थागत नै रहेको कुरा यसैपनि स्पष्ट हुन्छ । जताततै भ्रष्टचार,अनियमितता अनि स्वार्थ भन्दा बाहेक केही छैन । त्यसो त समाजवादका लागि पूँजी पनि आवश्यक त पछै नै यसरी अकुत कमाउने सोच राख्नुपनि देश र समाजका लागि घातक छ ।

 

 

Leave a Reply