सेढवा,पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहारमा बिहीबार राति हावाहुरीले ४ वटा विद्युतको पोल ढलेपछि त्यस क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले विद्युतको पोल सडकमै ढलेकाले बाटोमा सवारी साधन पनि अवरुद्ध भएको छ । बडनिहारस्थित पुनित खोला पुल नजिक रहेको चार वटा विद्युतको पोल हावाहुरीले भाच्चिएर सडकमै ढलेको हो । बिरुवागुठीस्थित विद्युत प्राधिकरणको फ्युज सेवा केन्द्रका प्रमुख बिलक्षणप्रसाद पन्जियारले हावाहुरीले चार वटा विद्युत पोल भाच्चिएर ढलेको र वर्षा नरोकिएको कारण मर्मत गर्न नसकिएको बताउनुभयो । पानी पर्न रोकिएपछि पनि मर्मत गर्न समय लाग्ने भएकाले अवरुद्ध विद्युत सेवा सुचारु गर्न अझै दुई दिन लाग्ने उहाँले बताउनुभयो ।