नरेश गुप्ता

बरियारपुर,बारा जिल्लामा निषेधाज्ञाको अवधि लम्ब्याइएको छ । जिल्लामा कोरोनाको संक्रमण वृद्धि हुने क्रम नरोकिएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले गरेको सिफारिस अनुसार आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञा जेठ १६ गते राति १ बजेदेखि आगामी जेठ २२ गते राति १२ बजेसम्म लागु हुनेछ । पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ १६ गते सकिन लागेकोले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार कोरोनाको संक्रमण चेन ब्रेक गर्न निषेधाज्ञाको अवधि थपिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here