शनिबार कोरोना कहरकैबीचमा पनि वातावरण दिवस मनाइयो । वीरगन्ज, पिलुवा, कलैया लगायतका क्षेत्रमा सरकारी र नीजि स्तरबाट वातावरण दिवस धुमधामका साथ मनाइएको छ । यद्यपि वातावरण दिवस मनाइएको भने यो नै पहिलो पटक भने होइन । नेपालमा मात्र नभइ बिश्वमा नै जुन ५ तारिखका दिनमा वातावरण दिवस मनाउने गरिन्छ ।

वातावरण दिवस मनाउनु आफैमा प्रकृतिमाथिको न्याय हो । तर जंगलमा रुख काटेर मास्ने अनि घरमा रुखको नाउमा केही नरोप्ने अनि वातावरण दिवस मनाउनुको अर्थ हुदैन । मानिस र वातावरणको सम्बन्ध एकदमै महत्वपूर्ण छ । वातावरण स्वच्छ भए मात्रै मानिस पनि स्वच्छ रहने हो नत्र मानिसले पनि समस्या बढी झेल्न पर्दछ र झेल्ने क्रम पनि जारी छ ।

कोरोनाले यस्तै पाठ पनि सिकाउदै छ । आज अक्सीजन अभावमा जो कोही पनि छटपटाउनुपर्ने अवस्था छ । धेरैको अक्सीजन अभावका कारण ज्यान गएको खबर समेत सार्वजनिक भइरहेका छन् । त्यसैले पनि अब प्रकृतिको संरक्षण गर्नुको विकल्प छैन र प्रकृतिप्रतिको संरक्षण गर्नुको विकल्प पनि छैन । अब हरेक नागरिकहरुका लागि वातावरण पहिलो शर्त हुन आवश्यक छ ।

Leave a Reply