कृष्णउदास खनाल
हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्काले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ सुकुम्वासी बस्तीका जीत बहादुर तामांगलाई आर्थिक सहयोग गर्नुभएको छ ।तामांगले झेल्नु परेको पीडा कृपा दैनिकमा प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्काले आज तामांगकै निवासमा पुगेर सहयोग गर्नुभएको हो ।

 

 

 

उहाँले तामांगलाई दैनिक खर्च टार्नका लागि सजिलो होस् भन्ने उद्देश्यले नगद पाँच हजार एकसय रुपैयाँ सहयोग गर्नुभएको छ । आफूले संचारमाध्याम मार्फत तामांगको बिषयमा जानकारी पाएको र सहयोग गरेको तथा न्यूनतम् खर्चमा तामांगको उपचार संभव भए आफू उपचार गराइदिन पनि तत्पर रहेको बताउनुभयो ।

 

 

 

 

नगद पाएपछि खुसी ब्यक्त गर्दै बिरामी तामांगले आफूले पुर्नजन्म पाउने आश पलाएको बताउनुभयो । उहाँले आफ्नो उपचार चाँडै हुनेमा बिश्वास बढेको बताउनुभयो । आफू बाच्दिन भन्ने लागेको भएपनि सहयोग र साथ पाउनेक्रम बढेपछि अब ढुक्क भएको बताउनुभयो । तामांगको दाहिने खुट्का काम नगर्ने भएपछि उहाँ बिगत दुई महिनादेखि थलिनुभएको छ ।

Leave a Reply