कृष्ण मोहन साह

सेढवा,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा माछा मार्ने क्रममा चिप्लिएर पोखरीमा डुब्दा एक किशोरीको मृत्यु भएको छ ।

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकवनिया निवासी श्याम खड्काको नाममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय एकटाङ्गाले जनाएको छ ।

स्थानीय श्रीनेपाल राष्ट्रिय माद्यामिक विद्यालय औराहामा अध्ययनरत स्थानीय सुरेन्द्र महतोकी १६ वर्षिय छोरी अर्चना कुमारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।

अर्चना खाजा समयपछि घरमा पुगेर ४ जना साथीसँग माछा मार्न पोखरीमा गएकी थिइन् । माछा मार्ने क्रममा चिप्लिएर पोखरीमा खसेपछि डुबेर मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

किशोरीको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here