कृपा संवाददाता
निजगढ, ३० कार्तिक । शिक्षक हित वचत तथा ऋण सहकारी संस्थाको छैठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनजाग्रिति मावि सखुवाघाटमा भएको सो कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापा, नेपाल शिक्षक संघठनका अध्यक्ष लक्ष्मण शर्मा, जिल्ला अध्यक्ष अनिल मैनाली, शिक्षक संघठन प्रदेश नम्बर २ का उपाध्यक्ष केवल चौधर, प्रदेश सदस्य हस्तबहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।
सहकारीका अध्यक्ष कुमार थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्व अध्यक्ष हस्तबहादुर लामा लगायतलाई सम्मान गरिएको थियो । साही कार्यक्रममा नेपाल शिक्षक परिषदका बारा जिल्ला अध्यक्ष लगायत शिक्षकहरु नेपाल शिक्षक संघठनमा प्रवेश गर्नुभएको थियो । तत्कालिन नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संघगठनको पहलमा शिक्षक हित सहकारीको संचालन भएको हो ।