सिमरा,
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ‘जीतपुरसिमरा महोत्सव २०८०’ आयोजना हुने भएको छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले फागुन १८ गतेदेखि महोत्सव आयोजना गर्नलागेको हो ।वडा नम्बर ३ स्थित बजनीमा आयोजना गर्न लागिएको महोत्सव फागुन २९ गतेसम्म चल्नेछ । महोत्सवमा औद्योगिक प्रर्दशनी, खाना महोत्सव, बिभिन्न मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती देखाईने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिनुभयो ।

उद्योगको उत्पादन प्रर्दशनीसंगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी शुरु भएको छ । कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा, बारा मधेस समृद्धिको मुख्य आधार भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवलाई सफल बनाउन अध्यक्ष मोहन शर्माको संयोजकत्वमा मुल आयोजक समितिसमेत गठन गरिएको छ ।सिमरा महोत्सव अन्य महोत्सवभन्दा फरक हुने बताउदै अध्यक्ष शर्माले उद्योगको प्रर्दशनी र पर्यटन प्रवद्र्धन गर्ने यसको मुख्य लक्ष्य भएको बताउनुभयो । सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउदै आएको नगर उद्योग वाणिज्य संघले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो ।

Leave a Reply