दाइजो तराई मधेसमा रहेको एक विकृति र भद्दा स्वरुप हो । दाइजोको बिरुद्धमा जति आवाज उठाए पनि आम नागरिक समक्ष यसले खासै प्रभाव भने पारेको देखिएको छैन ।

खासगरी छोरी जन्मिएपछि तराई मधेसमा हेंलाको दृष्टिले हेर्ने अझै पनि चलन रहेको छ । यसो हुनुको मुख्य कारण भनेको विवाह नै हो । छोरीको विवाहका लागि मधेसमा अझै पनि ज्वाइ कुनै न कुनै हिसावले खरिद गर्नु पर्दछ ।

बारामा एक बैंककै प्रवन्धकले दइजोमा गाडी नपाएको रिसमा श्रीमतीको हत्या गरेको कुरा प्रकाशमा आएको छ । श्रीमतीसंग त जीवन साट्नका लागि सम्बन्ध गास्ने हो । यदि श्रीमतीलाई धन र पैसासंग जोडियो भने त माया भन्ने कुरा कहाँ रह्यो र ? गाडी दाइजोमा नदिनु पनि श्रीमतीको भन्दा पनि माइती पक्षको कमजोरी होला तर जीवनसाथीको कथित सम्पत्तिको नाउमा हत्या गर्ने त मानव हुनै होइन ।

सत्य कुरा यही हो अझै पनि तराई मधेसमा यस्ता मानवरुपी दानवहरु छन् । जसले दहेजेको नाउमा सम्बन्ध गास्ने काम गरेका हुन्छन् र आफ्नो प्राण प्यारीहरुको हत्या गर्दछन् । समाजमा एकदमै विकृतिको रुपमा रहेको यो कुसंस्कारको अन्त्य नभएसम्म चेलीहरु यसरी नै मारिनु पर्ने छ । त्यसैले पनि अब हरेक अभिभावकहरु पनि सचेत बन्न आवश्यक छ ।

 

Leave a Reply