स्वास्थ्य मंत्रालयले गएको हप्ता विज्ञप्ति जारी गरेर नेपालमा नयाँ खालको कोरोनाको भेरिएन्ट फैलिएको दाबी गरेको छ । र यो कोरोना भाइरसको खतरनाक प्रजाति नेपालमा पनि देखिएको छ । विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालको विभिन्न स्थानबाट संकलन गरिएको नमुनामा देखिएको यस भाइरसका कारण अझ गम्भीर महामारीको अवस्था सिर्जना हुन सक्ने सम्भावना बढेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको यस रिपोर्टप्रति सबैको ध्यान केन्द्रित छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको तीन प्रकारको प्रजाति भेटिएको छ ।
गतवर्ष देखिएको पुरानो प्रकार एक हो भने अन्य दुई प्रकार नयाँ हो । अहिले भेटिएको भेरियन्ट सबै उमेर समूहमा लाग्न सक्ने धेरै संक्रामक र जोखिमपूर्ण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो नतिजा कोरोना संक्रमितहरुका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा जिन स्विक्विन्सिङ गर्दा ९७ प्रतिशत (३४ वटा) मा बि(वन(छ सय सत्र दुई संकेतका नयाँ भेरियन्ट र तीन प्रतिशतमा बि(वन(छ सय सत्र वन संकेत पुष्टि भएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिन्यटलाई विश्वव्यापी भेरिन्यट अफ कन्सर्न भनी घोषणासमेत गरेको छ ।
यी दुबै भेरियन्ट भारतमा भेटिएका कोरोनाका नयाँ प्रजाति हुन् । दुबै भेरियन्टबाट महाराष्ट्र र आन्द्र प्रदेश बढी प्रभावित छन् । नेपालमा यसअघि बेलायतमा भेटिएको बि(एघार(सात भेरियन्ट पनि भेटिएको थियो । तर सरकारले अलि अघि नै यो कुरा सार्वजनिक गरेर नागरिकहरुलाई सचेत गराउनु पर्दथ्यो तर सरकारले यसो गर्न सकेन । कोरोनाबाट नागरिकहरुको ज्यान जान थालेपछि बल्ल प्रचारमा लाग्यो सरकार ।