जीतपुर,स्वरोजगार र गरिवी निवारण कार्यक्रम अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाले ९३ जना लघु उद्यमीलाई प्राविधिक सामाग्री उपलब्ध गराएको छ ।

गरिवी निवारणका लागि उपमहानगरपालिकामा संचालित लघु उद्यम कार्यक्रममार्फत लघु उद्यमीलाई प्राविधिक सामग्रीले प्रोत्साहित गरिएको हो ।

उपमहानगरपालिकाले विभिन्न चार वडाका आठ लघु उद्यमी समुहलाई केक मेसिन, डिजिटल तराजु, स्प्रे मेसिन, कपडा सिउने मेसिन उपलब्ध गराएको हो । उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरी र प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले उद्यमीलाई सामान हस्तान्तरण गर्नुभएको थियो ।

उपमहानगरको वडा नं. ६, १९, २० र २२ मा लघु उद्यम कार्यक्रम संचालन गरिएको थियो । उक्त वडामा रहेका हरियाली, जनहित, लालिगुँरास, जनचेतना, जयदुर्गा, थानीमाई, चकरी र लालिगुँरास महिला लघु उद्यमी समुहमार्फत स्थानीयले प्रशिक्षण लिदै आएका थिए ।

समुहका उद्यमीलाई सिप सिकाउने र सोही सिपबाट स्वरोजगार तथा आत्मनिर्भर बन्नका आवश्यक सामग्री उलपब्ध गराउने गरिएको छ । उपमहानगरपालिकाबाट सामग्री पाएपछि समुहका लघु उद्यमी खुशी देखिएका थिए ।

Leave a Reply