सेढवा,पर्साको पर्सागढी नगरपालिकामा दुई पक्ष झडप हुँदा एकजना युवक छुरा प्रहारबाट घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ४ स्थित परशुरामपुरमा दुई पक्षबीच भएको झडपमा स्थानीय एकजना युवकमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट शेख समसेद (राजु) घाइते भएका छन् । उनको घाँटीमा खत भएको प्रहरीले जनाएको छ । समसेद र भोला साह देवानबीच झडप हुँदा देवानको छुरा प्रहारबाट समसेद घाइते भएका थिए । समसेदका पिता अनुसार देवानले छोरामाथि छुरा प्रहार गरेका थिए ।

 

Leave a Reply