एमाले इतिहास बनाएको नेपालको पुरानो कम्यूनिष्ट पार्टी हो । लामो इतिहास बनाएको एमालेमा बिग्रह वा बिचलन आउला भनेर सायदै धेरै थोरैले कल्पना गरेका थिए होला । तर कल्पना नगरेको कुरा राजनीतिमा हुन्छ भनिन्छ । एमाले पहिलो पटक त्यसो त विभाजन भएको होइन । तैपनि विभाजन आफैमा घातक हो र भयो पनि । त्यसो त फेरि एमाले दोश्रो पटक विभाजन भएको छ ।
बुधबार राति निर्वाचन आयोगले औपचारिक रुपमा पत्र दिएपछि एमाले विभाजन भएको हो । एमाले दोश्रो पटक भने लामो समयसम्म एमालेको नेतृत्व गरेकै व्यक्तिबाट विभाजन हुन पुगेको छ । एमालेको लामो समय महासचिव बनेर नेतृत्व गरेका माधव नेपालले नै एमाले छाडी नयाँ पार्टी स्थापना गरेका छन् । यसको कारण जे भएपनि विभाजन दुःखद नै हो ।
अब दुबै कम्युनिष्ट पार्टीको रुपमा आगामी चुनावमा मत माग्नका लागि जनताको घर आँगनमा आउने कुरा निश्चित छ । त्यसो त सैद्धान्तिक भिन्नता खासै देखिदैन तर पनि विभाजन भयो । अब यो विभाजनको नैतिक जिम्मेवारी लिए पनि नलिए पनि यिनीहरुबीचको फरक के हो भन्ने कुरा जनताले बुझ्न आवश्यक छ । दुबै कम्युनिष्ट भन्छन् फरक के छ त यसको बिषयमा जनताले कुरा बेलैमा बुझ्न आवश्यक छ ।