बारा जिल्लाका तत्कालीन जिल्ला विकास समिकिा सभापति राजनारायण साहको शनिवार निधन भएको छ ।
बारागढी गाउँपालिका– २ विसुनपुर्वा निवासी ७१ वर्षीय साह पछिल्लो समय कलैया उपमहमानगर– ४ अदालत रोडस्थित घरमा बस्दै आउनुभएको थियो । उहाँ लामो समयदेखि मधुमेहले पीडित हुनुहुन्थ्यो । उहाँको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छोरा मनोज साहले जानकारी दिनुभयो ।शाहीकालमा साह २०५९ मा तत्कालीन जिल्ला विकास समितिको सभापति हुनुभएको थियो । उहाँ राप्रपा संस्थापन पक्षबाट लगातार २४ वर्षसम्म बारा जिल्ला अध्यक्ष रहनुभएको थियो । पछिल्लो समय उहाँ राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।साहका ३ छोरा, १ छोरी र श्रीमती छन् ।


















