बरियारपुर,नेपाल रेडक्रस सोसाइटी उपशाखा गंजभवानीपुरको सभापतीमा प्रभुलाल कुशवाहा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बिहीवार सम्पन्न भेलाले कुशवाहालाई पुनः सभापतीमा चयन गरेको हो ।
महागढीमाई नगरपालिका वडा नम्बर ३ गंजभवानीपुरमा भएको भेलाले आगामी एक वर्षको लागि कुशवाहालाई सभापतीमा चयन गरेको हो । रेडक्रस उप–सभापतिमा बर्षा जयसवाल, सचिव प्रमोदप्रसाद कुशवाहा, सह–सचिवमा जितेन्द्रप्रसाद गुप्ता, कोषाध्यक्षमा रामानन्दप्रसाद गुप्ता, सह–कोषाध्यक्षमा, रामनारायण साह र सद्स्यहरुमा अर्चना जयसवाल हेमनारायण पंडित, रामपुकार कुशवाहा, तेजनारायण जयसवाल, डा राकेश साहलगायत चयन भएको शाखा अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो ।


















