वीरगञ्ज,भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले साढे २ लाख बराबरको सामग्री नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले २ लाख ५० हजार मूल्य बराबरको अवैध सामग्री नियन्त्रणमा लिएको हो ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारस्थित चेकप्वाईन्ट तथा विभिन्न ईलाकाबाट लत्ताकपडा, खाद्यान्न, स्पिकर बोर्ड लगायतका सामग्री नियन्त्रणमा लिइएको गुल्मका निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह बिष्टले जानकारी दिनुभयो ।यस्तै सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तवित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्साका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रेम सिंह बिष्टको नेतृत्वमा खटिएको ७ जनाको गाडी मोवाइल टोलीले २ लाख ५० हजार रुपैयाँसहित १ जनालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४९ प ३०३७ नम्बरको सुपर स्पेलेण्डर मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा अवैध रकम फेला परेको निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।बिष्टका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर निवासी ५८ वर्षीय बिष्णुकुमार साहको खल्तीबाट स्रोत नखुलेको रकम फेला परेको हो । बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।

Leave a Reply