वीरगन्ज,बढ्दो कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै वीरगन्जका सम्पूर्ण बैंकले नगद (क्यास) कारोबार बन्द गर्ने निर्णय गरेका छन् । वीरगन्ज बैंकर्स ग्रपले बिहिबार एउटा सूचना जारी गर्दै आइतबारदेखि यहाँ सञ्चालित सम्पूर्ण बैंकबाट प्रवाह हुने क्यास कारोबार बन्द हुने जनाएको हो । आगामी आइतबारदेखि शुक्रबारसम्म वीरगन्जका कुनै बैंकमा पैसा जम्मा, चेक साटेर पैसा निकाल्ने काम नगर्ने निर्णय गरिएको नबिल बैंकका शाखा प्रवन्धक सन्तोष साहले जानकारी दिनुभयो । कोभिडबाट बैंकका कर्मचारीहरु सङ्क्रमित हुनथालेपछि कर्मचारी र सेवाग्राहीको स्वास्थ्य लाई ध्यानमा राखेर ग्रपले यस्तो निर्णय गरेको साहले बताउनुभयो । यद्यपि चेक क्लियारिङ, आरटीजीएस, आईपीएस, एलसी र भन्सार सम्बन्धि जस्ता महत्वपूर्ण कामहरु नरोकिने उहाँले बताउनुभयो ।

Leave a Reply