वीरगन्ज,प्रदेश २ सरकारले नारायणी अस्पताललाई स्वास्थ्य उपकरण र आर्थिक साहयता उपलब्ध गराएको छ । वीरगन्जस्थित नारायणी अस्पताललाई प्रदेश नम्बर २ को सरकारले दुई थान भेन्टीलेटर र २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । अस्पतालमा बिहिबार आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले नारायणी अस्पतालला मेडिकल सुपरिन्टेन्डन्ट (मेसु) डा. संजय ठाकुरलाई भेन्टीलेटर र अन्य आवश्यक स्वास्थ्य सामग्री खरिद गर्नका निमित्त २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले आगामी दिनमा अस्पताललाई थप उपकरण, अक्सिजन प्लान्ट र जनशक्ति व्यवस्थापनका लागि पनि सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्र लाभ, वरिष्ठ चिकित्सक डा. निरज सिंह, डा. ऐमामुल हकलगायत स्वास्थ्यकर्मी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।