एकथरी मान्छेहरुको तर्क के देखिन्छ भने प्रचण्डले मान्छे मार्न हुने, केपी ओलीले मार्न हुने अनि हामीले किन नहुने ? नेपालमा जति मान्छे मार्नका लागि नै आन्दोलन भए त्यो गलत हो भन्ने कुरा इतिहाँसले बताइसकेको छ ।
शुरुमा काँग्रेसको कुरा गरौं, राणा र पंचायत विरोधी आन्दोलन गर्दा उसले धेरै क्षति व्यहोरेको थियो र परिणाम स्वरुप २००७ सालमा राजा समेतले काँग्रेसको अस्तित्व स्वीकार गरेर विगतका काँग्रेसका सबै कुरा माफ गरेपछि राजनीतिको यात्रा फरक दिशामा गएको हो अनि २०४६ सालमा पनि तत्कालिन राजासँग नै छलफल भएपछि काँग्रेस, एमालेका गल्तीलाई मिलान गरियो देशमा परिवर्तन भयो ।

माओवादीले विद्रोह गरेकै हो, मानवीय र भौतिक क्षति भएकै हो अनि त्यसको परिणाम शान्तिसंझौता भयो र देशमा लोकतन्त्रान्त्रिक गणतन्त्र पनि आयो । यदि काँग्रेस, एमाले अनि माओवादीले मान्छे मारेको भन्ने लागेको भए किन उही बेलामा कारबाही भएन ? उनीहरुलाई किन राजनीतिक व्यवहार गरियो प्रश्न यो हो । उनीहरुले मान्छे मारेका थिए, हामीले किन नमार्ने भन्ने हो भने भोलि अर्को दुर्गा प्रसाई जन्मिएला अनि मान्छे मार्ला सबै जायज मान्दै जाने हो र ?
राजाको नाउँमा १५ गते भएको अराजक हर्कत क्षम्ययोग्य छैन । अब पूर्व राजालाई पनि यसरी पालनपोषण गर्नुको अर्थ छैन । दलहरु गम्भीर बन्न आवश्यक छ । राजालाई बढी अधिकार वा सुविधा दिँदा पनि यो अवस्था आएको हो । लोकतन्त्रको विकल्प मात्र लोकतन्त्र हुन्छ । नेताले गलत गर्दा पनि यो भाष्य निर्माण हुदैन । यस्तो अपराधमा छुट दिने हो भने भोलि सयौं दुर्गाहरु जन्मने छन् र मान्छे मार्दै जाने छन् अनि

Leave a Reply