निजगढ,
निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरीस्थित रतपपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा सन्तेषकुमार दनुवार चुनिनु भएको छ ।रतनपुरीमा शुक्रवार सम्पन्न खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारण सभाले दनुवारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मानबहादुर ग्यावा, सचिवमा तुलसी राम राउत, कोषाध्यक्षतमा रमा थापा र सहसचिवमा वीरमान थिङ्ग चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा किसुनकुमारी कुवर, रामकृष्ण थिङ्ग र किशोरकुमार गुरोलगायत रहेका छन ।

करिव ७ सय घर धुरी परिवार उपभोक्ता सदस्य रहेको सो खानेपानी उपभोक्ता समितिमा ८० वटा सार्वजनिक धाराबाट पानी वितरण हुदैआएको छ । समितिले गाउँबाट ८ किमी उत्तरतर्फ पर्ने शक्ति खोला मुहानको पानी पाइप लाइनबाट ल्याएर वितरण गर्दैआएको हो । २ दशकभन्दा अघि शक्ति खोला बगरको करिव २५ फिट मुनि निर्माण गरिएको इनटेकको पानी गाउँमा ल्याएर वितरण हुदैआएको अध्यक्ष दनुवारले जानकारी दिनुभयो ।

Leave a Reply