नरेश गुप्ता

बरियारपुर,६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यलय बाराले विश्व प्रसिद्ध गढीमाई मन्दिरको सरसफाइ गरेको छ ।

महागढीमाई नगरपालिकाको सहकार्यमा भएको सो कार्यक्रममा गढीमाई मन्दिर परिशरमा रहेको पोखरी लगायत वरिपरिको क्षेत्रमा सरसफाइ गरिएको थियो । बाराका प्रहरी प्रमुख .दिपेन्द्र शाहीको नेतृत्वमा रहेको प्रहरी टोलीले गढीमाई मन्दिरको सरसफाइ गरिएको हो । सो अवसरमा महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादव, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय प्रमुख बिजयप्रसाद कुशवाहा, प्रहरी नायब उपरीक्षक गौतम मिश्रलगायत नगर प्रहरी, स्थानीय भद्रभलादमी, महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो ।

प्रहरी दिवसको अवसर पारेर प्रहरीले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण, सरसफाइलगायतका विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

बजार क्षेत्रमा सरसफाइ

निजगढको मुख्य बजार क्षेत्रमा मंगलबार वृहत सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय निजगढको पहलमा लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पिस, मेची महाकाली बुहारी सयुक्त आवाजको संयुक्त आयोजनामा बजार क्षेत्रको सरसफाइ गरिएको हो ।

ईलाका प्रहरी कार्यलय निजगढबाट निस्किएको टोलीले पूर्वपश्चिम राजमार्गको दाँया बाँया किनारामा बुद्ध चोकसम्मको क्षेत्रमा सरसफाइ गरेको थियो । आफ्नो घर आँगन अफै सफा राखेर वातावरण संरक्षण गर्न र प्लाष्टिकका झोला मुक्त सफा तथा सुन्दर निजगढ बनाउन भन्दै सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।

Leave a Reply