निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ ले खेलाडीहरुलाई खेलजर्सी हस्तान्तरण गरेको छ ।वडा कार्यलयले एक कार्यक्रमकाबीच हिजो डोरी तान प्रतियोगितामा सहभागी हुने खेलाडीलाई वडा अध्यक्ष सूर्यबहादुर थापामगरले ५ थान जर्सी हस्तान्तरण गर्नुभएको हो ।आगामी फागुन १६ र १७ गते काठमाण्डौमा हुन गइरहेको राष्ट्रिय डोरी तान प्रतियोगितामा सहभागी हुन निजगढबाट मधेस प्रदेशको प्रतिनिधित्व गर्दै निजगढका खेलाडीहरु जाने र उनीहरुलाई वडा कार्यालयले जर्सी प्रदान गरेको वडा अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।जर्सी हस्तान्तरण कार्यक्रममा वडा सदस्यलगायत स्थानीय खेलप्रेमीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply