कलैया,प्रेस चौतारी नेपाल बारा जिल्ला कमिटीको बैठक आज बाराको पिलुवामा सम्पन्न भएको छ ।बैठकले आगामी प्रतिनिधि सभाको निर्वाचनमा बाराका चार वटै निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी तुल्याउन सहयोग गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी बाराका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको उक्त बैठकमा नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेले पत्रकारहरूलाई पार्टीको नीति र एजेण्डा जनतासम्म पु¥याउन आग्रह गर्नुभएको थियो । उहाँले चौतारीमा आबद्ध पत्रकारहरूले व्यावसायिक मर्यादा कायम राख्दै समृद्ध नेपाल, सुखी नेपाली निर्माण अभियान पूरा गर्न आगामी निर्वाचनमा बारा जिल्लाबाट एमालेका उम्मेदवारहरूलाई विजयी बनाउने वातावरण सृजना गर्ने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा पार्टीको बारा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख पुरुषोत्तम साह, प्रेस चौतारी मधेस प्रदेश इन्चार्ज अच्युत पौडेल, सहइन्चार्ज एवं नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी र चौतारी बारा जिल्ला इन्चार्ज रमेश तिमल्सिनाले निर्वाचन लक्षित प्रचार रणनीतिबारे विशेष निर्देशन दिनुभएको थियो ।सो बैठकमा नेपाल पत्रकार महासंघ बारा शाखा उपाध्यक्ष पन्नालाल दास र सचिव पुष्पराज खतिवडालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply