वीरगन्ज,प्रहरीले बिल बिजकभन्दा बढी खुद्रा सामान र औषधि बोकेको एउटा कन्टेनर नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगन्ज महानगरपालिका– २१ परवानीपुरमा ना. ३ ख ७६५६ नम्बरको मालवाहक कन्टेनर जाँच गरेको थियो । उक्त कन्टेनरमा लोड रहेको खुद्रा मालसामान र औषधिहरुको बिल शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको ट्रकमा लोड रहेको ४६ लाख ७ हजार ३९३ रुपैयाँ बराबरको मालसामान र औषधिसहित ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिनुभयो ।

Leave a Reply