सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणना जारी रहँदा हालसम्म १६ वटा वडाको नतिजा आएको छ ।
नतिजा आएका मध्ये नौं वटामा नेकपा एमाले, पाँच वटामा नेपाली कांग्रेस र दुई वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । निर्वाचित १६ वडाध्यक्ष मध्ये चार जना दोहोरिएका अनुहार छन् भने अन्य १२ नयाँ अनुहार छन् ।
दोहोरिनेमा एमालेको दुई, कांग्रेस र माओवादीका एक(एक जना छन् । एमालेका कैमुदिन अंसारी, रसुल मिया अंसारी, कांग्रेसका हिराबहादुर गुरुङ र नेकपा माओवादी केन्द्रका भोजबहादुर खत्री रहेका छन् । हालसम्मको प्राप्त बिवरणका अनुसार जीतपुरसिमरामा निर्वाचित भएका वडाध्यक्षहरुमा वडा नं. १ बाट कांग्रेसका हिराबहादुर गुरुङ, वडा नं. २ बाट नेकपा एमालेबाट धनबहादुर श्रेष्ठ, वडा नं. ३ बाट नेकपा एमालेका ताराबहादुर कार्की, वडा नं. ४ बाट नेकपा माओबादी केन्द्रका भोजबहादुर खत्री, वडा नं. ५ बाट नेपाली कांग्रेसका दिपेन्द्र चौधरी, वडा नं. ६ बाट नेकपा एमालेका कैमुदिन अंसारी, वडा नं.७ बाट नेकपा एमालेका सुनिल गुप्ता, वडा नं. ८ बाट नेकपा एमालेका शिवशंकर महतो कोईरी, वडा नं. १७ बाट नेकपा एमालेका भिमबहादुर तामाङ्ग, वडा नं.१८ बाट कांग्रेसका चर्तुरबाबु वाग्ले, वडा नं.१९ बाट नेकपा माओबादी केन्द्रका दिपेन्द्रकुमार क्षेत्री, वडा नं.२० बाट नेकपा एमालेका रसुल मियाँ अंसारी, वडा नं. २१ बाट नेकपा एमालेका सुवास श्रेष्ठ, वडा नं. २२ बाट कांग्रेसका शेखर काजी रुम्बा, वडा नं. २३ बाट नेकपा एमालेका मुस्तकिम अंसारी र वडा नं. २४ बाट कांग्रेसका सुलतान अंसारी रहेका छन् । अन्य वडाको मतगरणा जारी रहेको निर्वाच कार्यालयले जनाएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका टेकबहादुर लामा विजयी बन्नुभएको छ । लामाले ९१७ मत प्राप्त गरी जित हात पार्नुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी सुमन लामाले ७७१ मत प्राप्त गर्नुभयो भने राप्रपाका अर्जुन मगरले ३२७ मत प्राप्त गर्नुभएको छ । सो वडाबाट प्रमुख पदमा एमालेका सुरथ पुरीले ८८९ मत पाउनुभएको छ । त्यसैगरी गठबन्धनका सुरेश खनालले ६४९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेका सोममाया थिडले ८४० मत र गठबन्धनका रविराज दगालले ६८५ मत प्राप्त गर्नुभएको छ । नगरपालिकामा हालसम्म मत गणना सम्पन्न २ वटा वडाहरु मध्ये एमालेले वडा नम्बर ७ र १० मा जित हात पारेको हो । निजगढ वडा नंं ९ मा भने हिजो नै एमालेलाई उछिन्दै गठबन्धनका रामचन्द्र कटुवाल बिजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीलाई पराजित गर्दै कटुवाल विजयी भएका हुन । वडा अध्यक्षमा गठबन्धनका उम्मेदवार कटुवालले १ सय ५५ मतान्तरले विजयी बन्नुभयो । उनले १ हजार ४२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारराजभण्डारीले ८ सय ८७ मत प्राप्त गरे । त्यसैगरी वडा नम्बर १० मा एमालेका आशाकाजी श्रेष्ठले कांग्रेशका पद्मबहादुर मोक्तानलाई २७ मतले पछि पार्दैै जित हात पर्नुभएको छ । श्रेष्ठले ७८१ मत प्राप्त गर्नुभएको छ भने कांग्रेशका मोक्तानले ७५४ मत मात्रै प्राप्त गर्नुभएको थियो । वडा समितिमा मेघराज वाइवा, कुमार मोक्तान, मनमाया मगर र दलित महिला सदस्यमा मिना परियार विजयी बन्नुभएको छ । सो वडामा एमालेका मेयर पदका उम्मेदवार सुरथ पुरीले ७३९, उपप्रमुख सोममाया थिङ्गले ७११ मत प्राप्त गर्नुभएको छ । उता, निजगढ ६ मा ६ सय मतगणना हुदा नगर प्रमुखमा नेकपा उम्मेदवार एमालेका सुरथ पुरीले ३०१ गठबन्धकका उम्मेदवार सुरेश खनालले २१८ र राप्रपाका उम्मेदवार सावित्री देवि भारतीले २९ मत प्राप्तगर्नुभएको छ । नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार सोममाया थिङ्गको २५० र गठबन्धकका उम्मेदवार रविराज दंगालको २३४ र राप्रपाका उम्मेदवार बासुदेव तिमल्सिनाले ४६ मत प्राप्तगर्नुभएको छ । यसैबीच वडा नम्बर ५ मा वडा अध्यक्षका उम्मे्दवारहरु सूर्य थापा मगर र वडा नम्बर ६ मा एमालेका घनश्याम तिमल्सिना विजयी नजिक पुग्नु भएको छ । त्यसैगरी हालसम्मको मतगणनामा एमालेबाट मेयर पदका उम्मेदवार सुरथ पुरीले गठबन्धनका उम्मेदवार सुरेश खनाललाई पछि पार्नुभएको छ । वडा नम्बर ३, ४, ५, र ५ मा जारी मतगणनामा पुरीले खनालाई करिव ९ सय मतले पछि पार्नुभएको हो । तर उपप्रमुख पदमा भने एमाले उम्मेदवार सोममाया थिङ्ग भने गठबन्धनका उम्ेदवार रवि दङ्गाल भन्दा करिव ३ सय मतले पछि पर्नुभएको छ ।