सिम्रौनगढ, २१ साउन– बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० स्थित सतुवाही नाकाबाट सशस्त्र प्रहरीको टोलीले मंगलबार ठुलो परिमाणको अवैध मदिरा र गुटखा बरामद गरेको छ ।
बिओपी गोलागंजबाट प्रहरी निरीक्षक कवीर मल्लको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको राजनिवास गुटखा ५० प्याकेट र नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा ५ सय बोतल कस्तुरी मदिरासमेत गरी ५० हजार मुल्य बराबारको सामान दिउसो १ बजे बरामद गरेको हो ।
गस्तिमा रहेको प्रहरीलाई देखेर नेपालबाट लैजादै गरेको रक्सी र भारतबाट लुकिछिपी ल्याउदै गरेको गुटखा छोडेर तस्करहरु भागेपछि प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको निरीक्षक मल्लले जानकारी दिनुभयो ।
कोरेना भाइरसका कारण जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा आदेशपछि नेपाल भरात सिमा नाका बन्द गरिएको भएपनि यस क्षेत्रबाट प्रहरीको मिलिमतोमा भारतीय र नेपाली सामान तस्करी हुने गरेको भन्दै स्थानीयले बारम्बार गुनासो गर्दै आएका छन ।
सशस्त्र प्रहरीले सिमा नाकामा २४ सैं घण्टा गस्ति गर्दै आएको छ ।