कलैया,बाराको गढ़ीमाई मेला दर्शन गर्न जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ । ट्याक्टरको टायर पड्किएपछि पल्टिएको भए पनि त्यसमा सवार सबै श्रद्धालुहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको छ ।प्राप्त विवरणअनुसार, ट्याक्टर गढ़ीमाई मन्दिरतर्फ जाँदै गर्दा अचानक टायर पड्किएर दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा सवार श्रद्धालुहरूको सकुशल उद्धार गरिएको छ ।
गढ़ीमाई मेला प्रत्येक पाँच वर्षमा आयोजना हुने विश्व प्रसिद्ध धार्मिक मेला हो, जसमा नेपाल र भारतका लाखौं भक्तजनहरूले सहभागिता जनाउँछन् । यस दुर्घटनाले श्रद्धालुहरूको यात्रामा केही अवरोध पुगेको भए पनि कुनै मानवीय क्षति नभएको हुँदा सबैले राहत महसुस गरेका छन् ।यसैबीच, जिल्ला प्रहरी कार्यालय बाराले क्षमताभन्दा धेरै यात्रु नराखेर सवारी साधन चलाउन आग्रह गरेको छ । मेलाको समयमा बढ्दो यात्रुको चापलाई ध्यानमा राख्दै प्रहरीले यात्रुको सुरक्षाका लागि ट्राफिक नियमको पालना गर्न सबैलाई अनुरोध गरेको छ ।दुर्घटनापछि घटनास्थलमा सवारी साधनको मर्मत प्रक्रिया अघि बढाइएको छ भने सडक सुचारु गरिएको छ ।



















