वीरगन्ज,वीरगन्ज महानगरपालिकाले शुक्रबारदेखि समुदायस्तरमा कोरोना परीक्षण कार्य सुरु गरेको छ । संक्रमण दर बढ्दै गएपछि शुक्रबारदेखि महानगरपालिकाले महानगरका वडा वडामा पुगेर स्वाब संकलन अभियान सुरु गरेको हो । पहिलो दिन शुक्रबार वीरगन्ज १० आदर्शनगरस्थित नगर सभागृह छेउको बारुणयन्त्रको कार्यलय परिसरमा बिहान ७ बजेदेखि बिहान १० बजेसम्म स्वाब संकलन गरिएको छ । उक्त स्थानबाट शुक्रबार ४९ जनाको स्वाब संकलन गरिएको महानगरपालिकाका स्वाथ्यकर्मी जहिर आमलले जानकारी दिनुभयो । संकलन गरिएको स्वाबहरु परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको पनि आलमले जानकारी दिनुभयो । शुक्रबारदेखि महानगरपाकिलाको स्वास्थ्यकर्मीहरुको घुम्ती टोलीले महानगरका प्रत्येक वडामा गएर स्वाब संकलन गर्न थालेको नगरप्रमुुख सरावगीले जानकारी दिनुभयो । शुरुमा संक्रमण बढी देखिएका वडाहरुमा स्वाब संकलन गरिने जानकारी दिदै नगरप्रमुखले स्वाब संकलनका लागि घुम्ती टोली महानगरका ३२ वटै वडामा पुग्ने बताउनुभयो । स्वाब परीक्षण गराउनको लागि कुनै शुःल्क नलाग्ने पनि वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here