नरेश गुप्ता

बरियारपुर,बारामा बिहिवारदेखि लागू गरिएको निषेधाज्ञा आदेश खुकुलो देखिएको छ । जिल्ला प्रशासन कार्यालयल बाराले लागू गरेको पहिलो दिनमा नै गरिएको निषेधाधा खुकुलो देखिएको हो । सदरमुकाम कलैयालगायत जिल्लाका विभिन्न स्थानीय तहहरुमा निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन हुन छैन । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेक अन्य पसलहरु बिहान ११ बजेपछि बन्द गर्नु पर्ने बताए पनि कलैयालगायत जिल्लाका मुख्य बजार क्षेत्रका अधिकास पसलहरु अबेलासम्म खुल्ला रहेका थिए र बजार, पसल तथा सार्वजनिक स्थानमा मानिसहरूको भिडभाड पनि उत्तिकै देखिएको थियो । निषेधाज्ञा पालना गराउने क्रममा कलैयामा प्रहरी प्रवक्ता गौतम मिश्रलगायतको टोलीले आदेश विपरित खुलेका पसलहरु बन्द गराउदै हिडनु परेको थियो ।

जिल्ला प्रशासन कार्यलयमा डिसिसिएमसी तथा जिल्लाका १६ पालिका प्रमुखहरुको बैठकले बिहिबारदेखि बारामा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । बैठकले संक्रमणको रोकथाम र नियन्त्रणको लागि संक्रमक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लभर निषेधाज्ञाको आदेश जारी गरेको छ ।

अतिआवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, निस्कनै पर्ने अवस्था सृजना भयो भने स्वास्थ्यका मापदण्ड पुर्ण रुपमा पालना गरि निस्कनुपर्ने जनाईएको छ । खाद्यान्न, सागसब्जी, माछा, मासु, औषधी उपकरण बिक्री गर्ने बाहेका व्यापारहरु शनिवार बाहेक प्रत्येक दिन बिहान ६ देखि ११ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी गराउनुभयो ।

अत्यावश्यक सवारी साधन एम्बुलेन्स, टेलिकम, विधुत, हुलाक, वित्तिय संस्था, दुध, पानी, निमार्ण समाग्री, पशुपंक्षी, कुखुराको दाना, तरकारीको सवारी, बाहेक निजी सवारी साधन, यात्रु बाहक साधन पुर्ण रुपमा रोक लगाईएको उहाँले जानकारी दिनुभयो ।

बिवाह, दाहसंस्कार जस्ता कार्यहरुमा स्वास्थ्यको मापदण्ड अपनाई २५ जना भन्दा बढी नहुने गरी सञ्चालन गर्न पाउने तथा विकास निमार्णको कार्य र कलकरखाना परिसर मै सुरक्षित क्वारेन्टाईन राखी सञ्चालन गर्न पाउने व्यवस्था गरिएको जानकारी गराईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here