वीरगन्ज,
वीरगन्जका समाजसेवी तथा उद्योगी रामअवतार खण्डेवालको निधन भएको छ । बरिष्ठ उद्योगी खण्डेवालको नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा बिहिवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सामाजिक कार्यहरुमा अतुलनीय योगदान दिदै आउनुभएका खण्डेवालको निधनले वीरगन्जमा अपुरणीय क्षति पुगेको बताइएको छ ।