काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) असोज ६ गते अमेरिका जाने हुनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उहाँ न्युयोर्क जान लाग्नुभएको हो । शाहको असोज ९ गते स्वदेश फर्किने कार्यक्रम छ । महासभालाई प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने तय भएको छ ।
रसुवा भोटेकोसी बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्रीलाई महासभामा गएर आवाज उठाउन दबाब बढेको थियो । त्यहाँ उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेका समस्याका विषयमा राष्ट्रसंघको ध्यानाकर्षण गराउनुहुनेछ ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो ।
तर, बाढीका कारण प्रधानमन्त्रीनै महासभामा गएर जलवायु न्यायका विषयमा संसारको ध्यानाकर्षण गराउनुपर्ने आवाज उठेपछि शाह न्यूयोर्क जानुहुने भएको हो ।

















