कलैया, बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–६ पर्सा टोल बस्ने २० वर्षीया रोशना खातुनको मृत्यु भएको हो ।प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको मोटर चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर उनी घाइते भएकी थिइन ।कलैया अस्पतालमा उपचारको क्रममा उनको बिहीबार दिउँसो १ः२५ बजे उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here