नरेश गुप्ता
बरियारपुर,नेकपा एमालेबाट पचरौता नगरपालिकामा मेयर पदका उम्मेदवार जलान्धर सिहको पक्षमा पालिकाभित्र जनलहर बढ्दै गएको छ । नगरपालिकाको विकास, सम्बृद्धि र जनताको पक्षमा सिंहले गर्दै आउनुभएको कामले उहाँको पक्षमा जनलहर बढदै गएको हो ।
बाराको भारतीय सीमावर्ति दक्षिणी भेगमा अवस्थित पचरौता नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म नेकपा एमालेको पक्षमा जनलहर बढ्दै गएको स्थानीयहरु बताउछन । कृपा दैनिकका बारा प्रतिनिधिसंग शनिबार भएको विशेष कुराकानीको क्रममा स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट मेयरका आंकाक्षी सिंहले नगरभित्र सुविधा सम्पन्न नगर अस्पताल, प्राविधिक शिक्षा, कृषि आधुनीकरण तथा बजारीकरण, पक्की सडक संजाल, नगर बस संचालन, एकीकृत दलित बस्ती निर्माण, शिक्षामा समान्यतर्फ एम बि बि एस अध्ययन गर्ने विद्यार्थीहरुको छात्रवृतिको लागि १० लाख, दलित मुस्लिम महिला विद्यार्थीको लागि १५ लाख छात्रवृति, कृषि शिक्षा, उन्नत जातको बीउ बिजन मलखाद, कृषि आधुनीकरण सिँचाई सुविधा, वृक्षारोपण लगायतका योजना संचालन गर्ने र नगरको विकासमा प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ ।
त्यसैगरी निर्वाचनमा पचरौरतालाई सम्वृद्धि यात्रामा अघि बढाउनेतर्फ आफूले काम गर्ने उहाँको भनाइ छ । पचरौताको विकास र सम्वृद्धिको लागि सबै क्षेत्रमा आफूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यावरण संरक्षण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने पनि उहाँले बताउनुभयो । उहाँले उज्ज्यालो पचरौताको परिकल्पना गरेको र सोको लागि सबै वडाका बस्तिहरुमा सोलार बत्ति जडान, प्राङगारिक मलखाद उत्पादन गर्न कृषकलाई अनुदान, कृषि उपजको बजारीकरणलाई समेतलाई समेत ध्यानमा राखेर काम गर्ने उहाँको भनाइ छ ।
बिगतका दिनमा पचरौराता नगरपालिकामा भएको अनियमितता, भ्रष्टाचारी, सार्वजनिक सम्पत्तिको दुरुपयोग लगायतका मुद्दामा खरो उत्रिनुभएका सिंहको पक्षमा जनताले साथ दिने स्थानीय मतदाताको भनाइ छ । पचरौता नगरपालिकामा बढेको विकृति र विसंगति बारेमा जनताहरु भुक्तभोगी रहेको भन्दै त्यस्ता त्यस्ताको विरोधमा जनताले एमालेको पक्षमा मतदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरको लागि आंकाक्षी सिंहले बैशाख ११ र १२ गते पार्टीको तर्फबाट नगरपालिकाका सबै पदमा मनोनयन गर्ने बताउनुभयो ।
जुझारु र लडाकु स्वाभाव भएका सिंहले २०४६ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा माओवादीबाट पचरौता नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेर त्यतिबेला मधेसी जनअधिकार फोरमका रमेश कुमार यादवसंग झिनो मतान्तरमा पराजित बन्नुभएको थियो । विक्रम सम्बत २०२८ साल चैत्र १५ गते जन्मनु भएका पचरौरा बेनौली निवासी जलान्धर सिंहले निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न जनतासंग आग्रह पनि गर्नुभएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीयत तहको निर्वाचनमा पचरौता नगरपालिकामा जसपा नेपालबाट रमेश कुमार यादव, नेकपा एमालेबाट जलान्धर सिंह, नेपाली कांग्रेसबाट मणिभुषण यादव, लोसपा नेपालबाट श्याम गुप्ता लगायत मेयर पदका आकांक्षा देखाउनुभएको छ ।