नरेश गुप्ता
बरियारपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित ईनर्वा टोलमा दलित महिलाहरूलाई आत्मनिर्भर बनाउन अगरबत्ति बनाउने तालिम बिहीवारदेखि शुरु भएको छ ।
श्री गढीमाई महिला खोज विकास करैयामाई गाउँपालिका वडा नम्बर ३ को आयोजना तथा महागढीमाई नगरपालिकाको सहयोगमा ७ दिने अगरबती तालिम सुरु गरिएको हो । महिलाहरुको लागि संचालन गरिएको अगरबत्ति बनाउने तालिमको एक कार्यक्रमबीच महागढीमाई सामाजिक विकास शाखा प्रमुख वीरबहादुर साह लहेराले उद्धाटन गर्नुभएको थियो ।
उद्धाटन समारोहलाई सम्बोधन गर्दै सामाजिक विकास शाखा प्रमुख साह लहेराले महिलाहरुले आफूले सिकेको सीप व्यवहारमा ल्याएर आय आर्जन गर्नुपर्ने बताउनुभयो । कुनै पनि काम ठूलो र सानो नभएकोले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभएको थियो ।
श्रीगढीमाई महिला खोज विकास बाराकी अध्यक्ष माया देबी यादवको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्रप्रसाद कुशवाहा, उमेद यादव लगायतको सहभागिता रहेको थियो । सीपमुलक तालिममा स्थानीय २० जना दलित समुदायका महिलाहरुको सहभागिता रहेको छ ।