बारा,समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुने समानुपातिक सांसदमा विभिन्न दलबाट गरेर बाराका पाँच जना परेका छन् । बारा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एक र प्रदेशसभा सदस्यमा ५ जना सदस्य निर्वाचित हुने भएका हुन ।प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकी कलैया निवासी उमरावतीदेवी यादवको नाम निर्वाचन आयोगमा पठाएको हो ।यसैगरी प्रदेशसभातर्फ नेकपा एमालेबाट अमलेखगंन्जी मञ्जुकुमारी थापामगर, सिम्रौनगढकी राजपतिदेवी जैसवाल सदस्य बन्नुहुने भएको छ । निर्वाचन आयोगले बन्द सूचीमा यसअघि समावेश नाम विपरीतको शिलादेवी यादवको नाम पठाएकोमा निर्वाचन आयोगले सच्याउन आग्रह गर्दै पत्राचार गरेपछि एमालेले दोस्रो पटक जैसवालको नाम पठाएको हो ।त्यसैगरी प्रदेश सभातर्फ नेपाली कांग्रेसबाट निजगढकी मिनाकुमारी लामा र नेकपा एकिकृत समाजवादीबाट कलैयाकी लक्ष्मीदेवी लोहार र नागरिक उन्मुक्ति पार्टीले उर्मिलादेवी सिंहको नाम प्रदेश सभा सदस्यको लागि पठाएको छ । यसअघि महिलाको कोटामा पुरुषबाट पार्टी बारा जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको नाम प्रदेशसभा सदस्यका लागि पठाएको र निर्वाचन आयोगले सच्याउन आग्रह गरेपछि सिंहको नाम पठाएको हो ।

Leave a Reply