जे देखीयो त्यहि लेखियो

विषय वस्तु
निजगढ नगरपालिकाले नेपाल तेक्वान्दो संघलाई अन्तराष्ट्रिय मापदण्डको तेक्वान्दो प्रतियोगिता सञ्चालनमा आवश्यक सामग्री र उपकरण सहयोग गरेको छ ।

नगरपालिकामा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख सुरेशकुमार खनालले सेन्सरमा आधारित सामग्री हस्तान्तरण गर्नुभएको हो । नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामालाई नगर प्रमुख खनालले सामग्री हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की, लेखा अधिकृत शिवप्रसाद देवकोटा, विभिन्न शाखाका संयोजक तथा कर्मचारीको सहभागिता रहेको थियो । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को १८ लाख बजेटबाट चेसकभर ६ थान, हेडगार्ड ६ थान, सक्स ४ वटा, ज्योस्टिक ३ थान, ट्रान्समिटर ६ थान, वाईफाई सर्भर १ थान, सफ्टवेयर १ सेट, ल्याप्टप १ थान, मोनिटर ३२ ईन्चको एक थान, स्क्रिन ६५ ईन्चको एक थान, प्रिन्टर १ थान र भिडियो रिप्ले कार्ड खरिद गरेर संघलाई हस्तान्तरण गरेको हो ।

अनियमितता भएको आधारहरु
नगरपालिकाले २०७७ साल फागुनको दोस्रो सप्ताहमा रौतटहको एक स्थानीय दैनिकबाट खेलकुदको सामानहरुको टेण्डरको सुचना प्रकाशित ग¥यो । टेण्डरको सुचना प्रकाशित गर्दा लेखा र जिन्सीबाट टिप्पणी सदर गरी सुचना प्रकाशित गर्ने आदेश दिनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की र नगर प्रमुखका सालो (जो नगरपालिकामा प्रशासन प्रमुखको रुपमा कार्यरत छन् ।) रबिन धिमिरेले संयुक्त टिप्पणी उठाई सुचना रौतहटको स्थानीयलाई दिईयो ।

बाराबाट पाँच पाँच वटा दैनिक पत्रिका नियमित रुपमा प्रकाशित भईरहेको अवस्थामा पनि बारामा आउदै नआउने रौतहटको पत्रिकालाई सुचना दिनु आफैमा भष्ट्रचारको बृजारोपनको पहिलो सुरुवात हो । त्यसपछी रोचक कुरो के छ भन्दा सुचना रौतहटको पत्रिकाबाट निस्क्यो , तर तिनवटा टेण्डर भर्ने काम काठमान्डौंको पार्टीले नै ग¥यो ।

तेकाण्डो हाउस ललितपुरले टेण्डर सकार गरेको छ । १८ लाखको टेण्डर तेकाण्डो हाउस ललितपुरले १७ लाख ८८ हजारमा सकार गरेको छ । कुनै पनि टेण्डर खुल्ला रुपमा आहवान हुदाँ न्युनतम टेण्डर रकमको ३ प्रतिशत कम गरी सकारीएको कानुनि प्रचलन छ । यहाँ त रौतहटको पत्रिकामा टेण्डर निस्कनु र काठमान्डौंको पार्टीले फुल दररेटमा टेण्डर पाउनु प्रमुख प्रशासकीय अधिकृत कार्कीको चर्तिकला नै हो त ? अर्को तर्फ कुनै पनि सामानको टेण्डर गर्नुभन्दा पहिला नगरपालिकाको खरिद समितिले टेण्डर गर्न चाहेको सामानको बजार दरभाउ रेट लिने गर्छन् । तर निजगढ नपामा त खरिद समितिले जोसँग दरभाउपत्र लिएको छ उसैले टेण्डर सकार गरेको छ । निजगढ नपामा ५ जनाको खरिद समिति रहेकोमा मेयरका साला रबिन धिमिर र प्रमुख प्रमुख प्रशासकीय अधिकृत कार्कीले मात्र निर्णय गरेर पुग्ने रहेछ त ?
निजगढ नपाले कम्प्युटर लगायत ईलेक्ट्रोनिक्स सामान खरिद गरेपछि जिन्सीले दाखिला गर्छ र आईटीका प्राविधीकले टेण्डरमा आहवान गर्दा माग गरिएको कन्फिग्रेसन अनुसारको सामान छ कि छैन, सो चेकजाच गरी प्रतिवेदन दिएपछि भुक्तानी गर्ने नियम रहेको छ । तर यस पटक मेयरको ठाडो आदेशमा कुनै नियम प्रक्रिया नपु¥याई सिधा भुक्तानी गरिएकोे छ ।टेण्डरबाट खरिद गरेको ल्याप्टप आई ५ रहेको छ ,धेरै कमिशन जोडेर बिल बनाउदा पनि मूल्य ७५ हजार भन्दा माथी जादैन । तर यस पटक टेण्डर मार्फत १ लाख २० हजारमा ल्यापटप खरिद गरेको छ ।

त्यसैगरी २४ हजारमा पर्ने प्रिन्टर ३७ हजारमा , १ लाख ५ हजार पर्ने एलईडी १ लाख ७६ हजारमा खरिद गरेको छ ।
लगभग रु १० लाखको सामान टेण्डर गरी नगरपालिकाले रु १७ लाख ८८ हजार खरिद गरेको छ ।

आरोपको जवाफ कस्ले दिने ?
१. तेकाण्डो हाउस ललितपुरले भरेको टेण्डर फाराम र अन्य २ पार्टीले भरेको टेण्डर फारामको अक्षर र दररेट कसरी मिल्न गयो ?

२. टेण्डर भर्दा बैंकमा जम्मा गरेको भौचरहरु किन एउटै बैंकबाट एउटै समयमा र भौचरमा लेखिएका अक्षरहरु मिल्नु पछाडीको रहस्य के हो ?

३. निजगढ नपामा प्रशासन शाखा, खरिद शाखा, योजना शाखा लगायत सबै शाखामा मेयरका सालो प्रमुख बनाइृ अधिकार दिनुुको पछाडी के रहस्य लुकेको छ ? कतै निजगढ नगरपालिकामा रहेका सबै कर्मचारीहरु निक्म्मा त छैनन् ? कतै सबै कर्मचारीहरुलाई औचित्यहिन बनाएर मेयरले नगरपालिकालाई कमाई खाने भाडो त बनाएका होईन् ?

४. नगरपालिकामा लेखा, प्रशासन र प्रमुख प्रशासकिय अधिकृतमा सकभर निजामती कम्रचारी राख्नु पर्ने हुन्छ फेरी निजगढ नगरपालिकामा मेयर खनालका सालो रबिन धिमिर जो स्तानिय कम्रचारी हुन उनलाई किन यतिका शाखाको अधिकार दिईएको हो ?

५. स्थानिय एक काग्रेस नेताको भनाई अनुसार मेयर खनालले काग्रेसका अर्का नेता शम्भु बुढाथोकिलाई अल्पमतमा पार्न र केहि युवा काग्रेसी नेतालाई आफनो पक्षमा ल्याउन नगरपालिकालाई आर्थीक भार पारेको आरोप लगाएका छन । यदि यो कुरो सहि हो भने प्रसासकिय अधिकृत कार्किको सरुवा भए पनि उनी आफनो गरिमा धरापमा राखी यस्ता कार्य गर्नु गलत हो ।

अन्तमा मैले यो समाचार लेखी नगरपालिका र अन्य कम्रचारीलाई बेईजत गर्न वा रिस साध्न चाहेको होईन । निजगढ नगरपालिको भनेको बारामा सबैले यस्को सिको सिक्ने नगरपालिकाको रुपमा बाराली जनताले हेरेका छन । यस्तो नगरपालिकाले ट्याब खरिद देखी यो टेण्डर सम्म नियतबश रुपमा जानी जानी भष्ट्रचारलाइृ बढावा दिएको देखिन्छ । यति हुदा पनि निजगढबासीले अब यस्को बिरुद्ध नलागे सम्पर्ण बारा बासीले धिक्कार्नेछन भन्ने देखियो र आगामी दिनमा सुधार होला कि भनि लेखियो । बिशाल सत्याल

Leave a Reply