बाराको एउटा गाउँ माछा उत्पादनको नाउँमा प्रख्यात छ । हालको कोल्हबी नगरपालिका वडा नम्बर ५ को रामवनको नाउँको नाम नै फेरिएर ‘माछा गाउँ’ बनेको छ ।रामवनको नाउँबाट परिचित त्यो गाउँ अहिले माछा गाउँको रुपमा देशभर चर्चा कमाउदैछ । बारा जिल्लामा भने यो गाउँले आफ्नो पहिचान धेरै पहिलेबाट नै बदलेको हो ।

माछा उत्पादनमा यो हिसावले बारा जिल्लाको योगदानको यसैपनि महत्व बढी छ नै । बारामा माछाबाट राम्रो आम्दानी गर्नेहरुको संख्या पनि उच्च छ । सरकारी तथ्यांकले पनि यो कुरा भन्छ नै । हरियो तरकारीदेखि खाद्यान्न र माछा उत्पादनमा समेत बारा जिल्ला अगाडि नै छ ।

त्यसो त बारा अहिले आएर माछामा पहिलो नम्बरमा परेको पनि होइन । करिब बिस वर्षदेखि नै बारामा माछाको उत्पादन राम्रो छ । यहाँका स्थानीयहरुले व्यवसायिक रुपमा नै माछाको उत्पादन गरिरहेका छन् । तरपनि अपेक्षा अनुसार अझै व्यवस्थित हुन सकेको जस्तो देखिदैन । बिशेषगरी माछाको भूरा उत्पादन अनि यसको संरक्षणका सवालमा बाराका कृषकहरुले ज्यादै समस्या झेल्न परिरहेको छ अनि उनीहरुले आफूले पालेका माछा भनेजसरी उत्पादन पनि गर्न सकेका छैनन् ।

मौसम प्रतिकुल हुँदा लाखौं मूल्यको माछाको क्षति पनि बाराका कृषकहरुले झेल्न परेको छ ।त्यसैले बारा जिल्लाले कृषि उत्पादनको हिसावले मधेसबाट देशलाई एउटा सन्देश त दिएको छ तर कृषकहरुलाई व्यवस्थित बनाउन सकिएको छैन । सरकारले बाराका माछापालक कृषकहरुको समस्यालाई संवोधन पनि गर्न सकेको देखिदैन ।तीन तहका सरकारले भूरा उत्पादन, बजारीकरणसंगै अनुदानमा अझै व्यापकता दिने हो भने बिदेशिने युवाहरुको समूहले माछापालनमा केन्द्रित भइ अझै थप उत्पादन बृद्धि गर्नसक्ने थियो कि ?

 

Leave a Reply