बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकाको वडा नं. १० लालस्थित ग्रामीण सडकको स्तरोन्नति हुने भएको छ ।मधेस प्रदेशको चालु आर्थिका वर्ष २०७९÷८० को विनियोजित बजेटबाट ग्रामीण सडक र अन्य पूर्वधारको विकास हुनुलागेको हो ।मधेस प्रदेशले चालु आर्थिक वर्षमा लालमा विकास निर्माणका कार्य अघि बढाउन कुल १ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।लाल सिँचाई आयोजनामा ३० लाख, लाख खेलकुद मैदानको लागि दुई लाख, खानेपानी आयोजनामा ४० लाख, चिसोपानी जाने बाटोमा ढलान गर्न पाँच लाख र घैयापोखरीमा पीपीसी ढलान गर्न ५० लाख रुपैयाँ मधेस सरकारले विनियोजन गरेको हो ।चालु आर्थिक वर्ष समाप्त हुन लागेकाले विनियोजित बजेटका कार्य तीव्र गतिमा भइरहेको छ ।नेकपा एमाले बारा जिल्ला सदस्य दिपिका शाहको पहलमा लालका लागि बजेट विनियोजन भएको हो ।अन्य स्थानमा पुरुष जनप्रतिनिधिले विकासका लागि बजेट ल्याउन नसकिरहेको अवस्थमा महिलाको पहलमा बजेट विनियोजन भएको लालका स्थानीयले बताएका छन ।निजगढ नगरपालिकाको वडा नं. ८ र ३ सिंगौलमा पनि मधेश प्रदेशको बजेटबाट विकास निर्माणका काम भइरहेको छ । सबै आयोजनाको काम असार १५ गतेभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

















