पुष्पराज खतिवडा
बारा,जिल्लाकोे कलैया उपमहानगरपालिकाको मझौलियामा दुईदिने पशुपालन व्यवस्थापन तालिम बिहीवार सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १६ को कार्यालय मझौलियामा पशुपालक किसानहरुलाई तालिम दिएको हो । सहभागीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख पशु चिकित्सक डा. सुवाष झाले सहजीकरण गर्नुभएको थियो ।तालिममा दुधालु पशुको स्वास्थ्य, खानपान, स्याहार, उपयुक्त गोठ व्यवस्थापनलगायत विभिन्न पक्षको बारेमा पशुपालक किसानलाई जानकारी दिइएको थियो । यस्तै दुधको सफाइ, उत्पादनमा वृद्धि, कृतिम गर्वधारण, उन्नत जातको पशुको छनौट र उपचारका बारेमा समेत डा. झाले सहभागी किसानहरुलाई जानकारी दिनुभएको थियो ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले विगत ५ वर्षदेखि मझौलियामा संचालन गरिरहेको दुध संकलन केन्द्रमा दुध बिक्री गर्ने ६५ जना पशुपालक किसानहरु तालिममा सहभागी थिए ।
दुध उत्पादक किसानहरुलाई पशुपालनमा थप सहजीकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।संस्थाले हाल सोही पालिकाको वडा नम्बर २६ को सिस्वा महेशपुरमा समेत उपकेन्द्र खोली किसानले उत्पादन गरेको खरिदगरी दैनिक २ हजार लिटर दुध संकलन र बिक्री गर्दैआएको छ । पछिल्लो समय दुधको बजारमा समस्या देखिँदा भुक्तानी पाउन समस्या भइरहेको उहाँले बताउनुभयो ।
किसानहरुको नियमित आम्दानीको उत्तम विकल्पका रुपमा दुध उत्पादनका लागि पशुपालन हुँदै आएको छ । पशुपालनमा प्रोत्साहन गर्दै सहुलियत कर्जा दिने, पशुको सुरक्षण, दुधको बजार व्यवस्थापन र स्वाथ्य उपचारमा सहकारीले सहयोग गर्दै आएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा भएको सोतालिम उद्घाटन कार्यक्रममा संस्था अध्यक्ष खड्का, प्रशिक्षक पशु चिकित्सक डा. झा, वडा सचिव हर्देवप्रसाद लगायत सहभागी रहेको सो कार्यक्रमको सहकारीका मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालन एवं सहजीकरणमा भएको थियो ।तालिमको आयोजक सहकारी संस्था मनहर्वाकी उपाध्यक्ष श्यामता कुमारीले बिहीवार समापन गर्नुभएको थियो भने यसअघि बुधवार अध्यक्ष खड्काले तालिमको उद्घाटन गर्नुभएको थियो ।














