आर.के.चौधरी
सखुवाप्रसौनी,ईलाका प्रहरी कार्यालय एकटाँगा र सुरक्षा बेसक्याम्प बागेश्वरीको संयुक्त गस्ती टोलीले पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका वडा नम्बर १ स्थित वन क्षेत्रबाट सोमवार साँझ २० क्युबिक फिट सालको काठ बरामद गरेको छ ।प्रहरी बरिष्ठ नायव निरीक्षक यज्ञनन्दप्रसाद साहको नेतृत्वमा गस्ती टोलीले स्थित कोइलाभार बढनियार बिन्दवासिनी साझेदारी वन क्षेत्रको झाडीबाट बेवारिसे अवस्थामा सो काठ बरामद गरेको हो । बरामद काठको बजार मूल्य ६० हजार रहेको जनाइएको छ ।बरामद काठ आवश्यक कारबाहीका लागि मनवा रेन्ज पोस्टमा बुझाइएको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जनाउनुभएको छ।

 

Leave a Reply