निजगढ,नेकपा एमाले निजगढ नगरपालिका वडा नम्बर ७ वडा कमिटीले शनिबार बडादशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सहभागीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एंव प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठ, जिल्ला कमिटी सदस्य एंव वडा नम्बर ७ का वडा अध्यक्ष रामजी बजगाई, नेपाल जेष्ठ नागरिक समाज केन्द्रीय सदस्य घनश्याम लम्साल, जनसास्कृतिक महासंघ केन्द्रीय सदस्य रामकृष्ण घिमिरे, निजगढ गाविसका पूर्व उपाधयक्ष अम्बिकाप्रसाद चौलागाई र सुरतपुरी लगायतको उपस्थिति रहेको थियो । निजगढ नगरपालिका वडा नम्बर ७ स्थित शिवशक्तेश्वर आधारभूत विद्यालयमा कार्यक्रम आयोजना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here