उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जनताको काममा ढिलासुत्ी नगर्न पर्साका सरकारी कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख र सरकारी कार्यालयका प्रमुखहरुलाई मन्त्री रिजालले यस्तो निर्देशन दिएका हुन् ।उद्योगमन्त्री रिजालले पर्साको ठोरी, निर्मलबस्ती र बिजयबस्तिको जग्गा अहिलेसम्म हाल साविक हुन नसकेको प्रति प्रश्न गर्दै जनतालाई सास्ती नदिई सहज तवरले काम सम्पन्न गर्न निर्देशन दिए

मन्त्री रिजालले कामका लागि सरकारी कार्यालयमा आउने जनतालाई कार्यालयमा झारा टारेर दुःख दिने गुनासो व्यापक रहेकाले अबका दिनमा त्यस्ता गुनासा नआउनेगरि काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

मन्त्री रिजालले भने,‘ ‘कहां ग्यारेन्टी बस्नुपर्छ म बस्छु तर जनताको काम गरेर देश बनाउने अभियानमा लाग्नुस,’ । मन्त्री रिजालले देशमा रहेको आर्थिक संकटसंग लड्न कर्मचारीहरुको अहम भूमिका रहने बताउंदै काधमा काध मिलाएर अघि बढ्नसमेत निर्देशन दिए । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेगमीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी , सहायक प्रमुख जिल्ला अधिकारी , जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरुको सहभागीता थियो ।

Leave a Reply