वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित नेपाल रेडक्रस सोसाइटी राधेमाई महिला उपशाखाले १५ जना वृद्ध महिलाहरुलाई कम्बल वितरण गरेको छ ।उपशाखाको १६औं साधारण सभाको अवसरमा रेडक्रसले विपन्न परिवारमा ठण्डीबाट प्रभावित स्थानीय महिलाहरुलाई शनिवार न्यानो कपडा कम्बल वितरण गरिएको हो । साधारण सभाकी प्रमुख अतिथि श्रीमती मधु राणाले महिलाहरुलाई कम्बल हस्तान्तरण गर्नुभएको थियो ।उपशाखाकी सभापती पवित्रा गजुरेलको अध्यक्षतामा भएको सो साधारण सभाको प्रमुख अतिथि श्रीमती राणाले पानसमा बत्ति बालेर उद्धाटन गर्नुभएको थियो । साधारण सभामा सचिव बिना चौलागाई र कोषाध्यक्ष मन्जु चालिसेले उपशाखाको प्रगति र आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।कार्यक्रममा बरिष्ठ चिकित्सक गोपाल गजुरेल, श्रमती निशा झा, वीरगञ्ज महानगरपाविलका वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरीलगायतले साधारण सभाको सफलताको लागिे शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply